एमालेले चाहेर सभामुख हटाउन सक्ने अवस्था छैन: प्रचण्ड

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । आज केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सभामुख सापकोटालाई एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् । उनले भने,  ‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि…