काठमाडौँ, १५ फागुन । रुस र युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा भएको अन्तरक्रियामा जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा संयन्त्र गठन गरिएको हो । एनआरएनएका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस), सदस्य…