‘टेक एन्ड पे’ संशोधन गर्न अर्थलाई पत्र पठाएका छौँ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ९ असार । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा आएको 'टेक एन्ड पे'को व्यवस्था संशोधन हुने बताएका छन् ।  आज प्रतिनिधि सभामा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिए । …