सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔं : गगन थापा

काठमाडौँ, ८ असार । कांग्रेस महामन्त्री गगन थापाले २०४६ सालयता सरकारमा गएका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । आज  ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले पछिल्लो ३ दशकयता सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव गरेका हुन् ।  भ्रष्टाचार र अनियमितताविरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ…