विराटनगर, २२ माघ । प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच भएको भेटवार्तामा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केसलियाको बाहिरसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माण गर्ने विषयमा छलफल भएको…