महोत्तरी, ९ माघ । वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरु खुशी हुन थालेका हुन् । यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी…