काठमाडौं, २२ पौष । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । आज मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो । सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिए…