वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा हरेक नेपालीको सहयोग आवश्यक : मन्त्री पौडेल

काठमाडौँ, ३१ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिएका छन् ।  आज अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको विद्युतीय सवारीसाधन ‘इभी र्‍याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको…