काठमाडौँ, ३० जेठ । गृहमन्त्री रमेश लेखकले आगामी वर्ष नेपाल प्रहरीतर्फकाे बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् । आज अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरेको बताए । उनले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक,…