काठमाडौँ महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने

काठमाडौँ, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो । २७ औँ महानगर दिवसमा सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप शुरुवात, तथा स्वास्थ्य शिविर, विशेष…