चुनाव जित्न मोर्चाबन्दी आवश्यक छैन, जनताको साथ एमालेलाई छ : अध्यक्ष ओली

भक्तपुर, २५ मंसिर । एमाले अध्यक्ष केपी ओलीले आगामी तीन वटै तहको निर्वाचनमा एमालेलाई जनताको साथ रहेकाले चुनाव जित्न कुनै पनि पार्टीसँग मोर्चावन्दी आवश्यक नभएको बताउनुभएको छ । शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरु भएको एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी…