काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा नहुने बताएका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आज काठमाडौंमा आयोजना गरेको ‘नेसनल टेनिस टुर्नामेन्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले आफ्नै नेतृत्वमा प्रजातन्त्र स्थापना भएपपछि गणेशमानले तत्कालीन राजाबाट प्रधानमन्त्रीको अफर पनि लत्याएको बताए ।…