काठमाडौँ, ६ कार्तिक । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना गर्न नहुने भारतलाई सोध्नुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानी गर्दै मन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने बताएका हुन् । नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा परराष्ट्रमन्त्री…