काठमाडौँ, ६ असोज । यसअघि राजनीतिक नियुक्ति पाएका १२ राजदूतलाई सरकारले फिर्ता बोलाएको छ। तिनमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल्लो केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त दिएका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। तर, सरकारले परराष्ट्र सेवाबाट राजदूत नियुक्त…