काठमाडौँ, ४ असोज । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की,…