काठमाडौँ, ३१ साउन । नेकपा एमालेले बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहल गर्दै गोर्खा सैनिकका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आक एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरू सरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको र सोही विषयलाई लिएर…