पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

म्याग्दी, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताउनुभयो । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक…