काठमाडौँ, २२ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ६ वटै युनिटबाट ४५६ मेगावाट बिजुली आगामी बिहीबारदेखि व्यावसायिक उत्पादन गर्ने भएको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट अहिले पाँचवटा युनिटबाट ३६० मेगावाट बिजुली व्यावसायिक उत्पादन भइरहेको छ। अपर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले आगामी भदौं २४ गतेदेखि आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन गर्ने बताए।…