काठमाडौँ, २ असार । नेकपा एमालेले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको उद्दार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार जारी गरेको विज्ञप्तिमा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएको र कतिपयको…