चालू आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने

काठमाडौँ, १८ वैशाख । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसैगरी चालू आवमा प्रतिव्यक्ति आम्दानी १ हजार १ सय ९६ डलर पुग्नेछ । प्रतिव्यक्ति आय गत आवमा १ हजार १ सय ३९ पुगेको थियो । चालू आर्थिक वर्षको राष्ट्रिय लेखासम्बन्धी विवरण सार्वजनिक गर्दै…