राजनितीक दलका घोषणापत्रमा वातावरणीय स्वच्छतालाई प्राथमिकतामा राख्न माग

पोखरा, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकामा वातावरणीय स्वच्छताकोे विषयलाई आ–आफ्ना दलका घोषणापत्रमा समेट्न सरोकारवालाले माग गरेका छन् । साइकल सिटी पोखरासहितका चारवटा संस्थाको प्रतिनिधिमण्डलले आज नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको कार्यालयमा पुगेर वातावरण संरक्षणको विषयमा ध्यानाकर्षण गराएको हो । पोखराको सुन्दरतालाई कायम राख्न वातावरणीय…