बुटवल, १ फागुन । उर्जामन्त्री, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौं रकमको हिसाबकिताब गर्ने समय आएको बताउनुभएको छ । बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटि सदस्य तथा मन्त्री रायमाझीले युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा…