गण्डकी, २५ माघ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताउनुभयो । विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उहाँले…