राजनीति

भक्तपुरमा मेला, महोत्सव र भिडभाड नगर्न अनुरोध



भक्तपुर, ११ चैत । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै भिडभाड नगर्न आग्रह गरेको छ ।

आज कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक रहेको बताए ।

सार्वजनिक विज्ञप्तिमा भनिएको छ, गृह मन्त्रालयको च.नं. २८६७ मिति २०७७/१२/०१ को पत्र तथा स्वास्थ्य मन्त्रालयबाट मिति २०७७/१२/०८ आएको पत्र अनुसार जिल्लामा भिडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको कार्यालयको भनाई छ । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ ।’

संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।