प्रधानमन्त्रीसहित चार पूर्व प्रधानन्यायाधीशलाई उपस्थित हुन आदेश

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ…