विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

काठमाडौँ, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राई र मोडल जाग्मु शर्पा आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । काठमाडौँको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको थियो । उनीहरुले परम्परागत तरिकाले विवाह गरेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाका पुर्ख्यौली घर संखुवासभा हो ।