राजनीति

गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रले मुलुक गम्भीर दुर्घटना उन्मुख: अध्यक्ष थापा



हेटौंडा, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ वर्ष देखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताउनुभएको छ ।

गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने बताउनुभयो । मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश, जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले बिप्लब माओवादी देखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गर्नुभयो । भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताउनुभयो ।