काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना पुष्टि

काठमाडौँ, १४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६९७, भक्तपुरमा ९३  र ललितपुरमा ११२ गरी ९०२ जनामा संक्रमण पुष्टि भएको हो । थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ ।