परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना

काठमाडौँ, १८ असोज । शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो । परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण…