काठमाडौँ, ५ मंसिर । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले पूर्वाधारको विकास छलाङ मार्दै गएको बताउनुभएको छ । बिहिवार टोखा नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवनको शिलन्यास गर्दै उहाँले नगरपालिकाले योजनाको प्रकृति र स्थानीको माग अनुसार अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी काम गरेकाले भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य रुपमा प्रगति गरेको बताउनुभयो…