संवैधानिक इजलास सुचारु गर्ने तयारीमा सर्वोच्च

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले संवैधानिक इजलासमा रहेका रिट निवेदन तथा मुद्दाको पनि सुनुवाइ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै रोकिएको संवैधानिक इजलास अब सुचारु गर्ने सर्वाेच्चले उल्लेख गरेको छ । सर्वोच्चका उपसचिव देवेन्द्र ढकालले दिएको जानकारीअनुसार अब संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरिएको हो । सर्वोच्च अदालतमा गत चैत १० गतेदेखि सामान्यरुपमा…