विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ, ९ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो,…