काठमाडौँ, १९ जेठ । सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ । सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेका राजदूतावासका अनुसार नेपाली जाने प्रमुख सात श्रम गन्तव्य मुलुकबाट लगभग पाँच लाख श्रमिक नेपाल फर्किने…