नेपालमा कोरोनामुक्त ६ जिल्ला घोषणा

काठमाडौँ, ३ साउन । नेपालका ६ वटा जिल्ला कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।…