काठमाडौँ, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सबेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन…