समाधान भनेको भारतले हाम्रो भूमि फिर्ता गर्नुपर्छ : प्रम ओली

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी ओलीले संयुक्त प्रयासबाटै भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन् । राष्ट्रियताको रक्षा र कोरोना नियन्त्रणमा दलहरू एकजुट हुनु गर्वको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हाम्रा पुर्खाले लडेर देश बचाए, आज हामी अडे मात्र भौगोलिक अखण्डता स्थापित गर्न सक्छौं’, प्रतिनिधिसभा बैठकमा बुधबार विनियोजन विधेयकबारे सांसदहरूका…