काठमाडौँ, ३ जेठ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी कांग्रेसले आत्मप्रशंसाको पुलिन्दाको संज्ञा दिएको छ । राष्ट्रपतिले झन्डै तीन घण्टा लगाएर प्रस्तुत गरेको नीति तथा कार्यक्रमले प्राथमिकता तय गर्न नसकेको ठहर कांग्रेसको छ । कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले नीति तथा कार्यक्रमको चरित्र…