काठमाडौँ, ४ जेठ । भारतले नेपाललाई ३० हजार व्यक्तिको स्वास्थ्य जाँच गर्न पुग्ने कोभिड–१९ पीसीआर टेस्ट किट सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई माइल्याबले उत्पादन गरेका ती किट हस्तान्तरण गर्नुभएको हो । आइतबार बिहान मन्त्रालयमै पुगेर राजदूत क्वात्राले मन्त्री ढकाललाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।…