काठमाडौँ, ९ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका लागि केही महत्वपूर्ण कार्यक्रम तय गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘नेपाल फेस्टिभल २०२५’ को उद्घाटन गर्दै उनले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको र यसको समाधानका लागि केही कार्यक्रम ल्याउने बताए । विदेशमै रहँदा पनि…