काठमाडौँ, २९ फागुन । ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६’ मा औद्योगिक क्षेत्रका चारमध्ये थप तीनओटा क्षेत्रलाई पहिलोपटक समावेश गरिएको छ । औद्योगिक क्षेत्रको रूपमा विश्वव्यापी मान्यता पाइसकेका ‘खानी तथा उत्खनन, विद्युत् उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति, ढल निकाबहस, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप’ जस्ता क्षेत्रलाई नेपालले पहिलोपटक औद्योगिक सर्वेक्षणमा समावेश गरेको हो । सर्वेक्षणमा…