वडाबाटै नाम दर्ता गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ, ३१ असार । व्यवस्थापिका–संसद्मा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरुको एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मतदाता नामावली दर्ता गराउने अवधि १५ दिन बढाउन माग गरेको छ । पूर्वमन्त्री एवम् सांसद बालकृष्ण खाँणको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका सांसदहरुले स्थानीय तहको वडाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था गराउन माग गरेको छ । साउन…