राजनीति

डा. यादव केस जटिलता तर्फ, आफै फन्दामा पर्ने: बाबुराम, हिसिला, बिश्वदिप, आङ्गकाजी, उमाशंकर र कौशल फस्दै



काठमाडौँ, २५ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव काठमाडौँ मन्त्री बन्न आएका घटनालाई अपहरण भनी बाबुराम भट्टराई र बिश्वदिपको प्लानमा सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि ‘राजनीतिक समाधान’ खोज्ने प्रयास शुरु भएको छ ।

डा. यादवलाई लिनका लागि महोत्तरी जाँदा महेश बस्नेतको टोलीमा अरगरिया पनि थिए । फर्किँदा कौशल यादवसमेत सँगै आएका थिए । यद्यपि अपहरणको जाहेरी दर्खास्तमा भने अरगरिया र कौशल यादवलाई विपक्षी बनाइएको छैन । समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भने जाहेरीमा उल्लेखित चारजना सहित घटनामा संलग्न उमा संकर र कौशल यादब लगाएत अन्य कोही दोषी पाइएमा कारवाही गरीपाउँ भनी निवेदनमा उल्लेख गरिएको बताए ।

यस प्रकरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच मंगलबार छलफल भएको स्रोतले जनाएको छ । नेम्वाङले अपहरण पुष्टि नहुने घटना भएकाले यसको राजनीतिकरणमै सीमित हुन आग्रह गरेको स्रोतले जनाएको छ । नेम्वाङले कानुनविदहरुसँग पनि यसबारे छलफल गरेका छन् ।

नेम्वाङले यो प्रकरणले पर्याप्त राजनीतिक चर्चा पाइसकेकाले फौजदारी मुद्दामा गएर आफैं कानुनी झमेलामा पर्नेतिर नजान डा. भट्टराईलाई आग्रह गरेको बताइएको छ । सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरेको छ । यसको अनुसन्धान भने प्रहरीले नै गर्नेछ । साथै डा सुरेन्द्र यादबले आफ्ना साथीहरूलाई बोलाएर आफुलाई यो घटनामा जबर्जस्त फसाउन अफ्नै नेताहरु लागेकोले समस्या हल गर्न अनुनय बिनय गरेका कुरा खुल्न आएका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईकै नेतृत्वमा सांसद यादवका तर्फबाट नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएकाले भट्टराईसँगै वार्ता गरिएको नेकपा स्रोतले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले जाहेरी दर्खास्तको आधारमा अनुसन्धान गर्नुपर्ने वा नपर्ने भन्ने निक्र्यौल गर्नेछ । उसले प्रहरीलाई अनुसन्धान गर्न पठाउँदा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य कौशल यादव लगायत सांसद यादवका अंगरक्षक समेत अनुसन्धानको दायरमा आउनेछन् ।

नेकपा सांसद महेश बस्नेतले आफूहरु जाहेरीको निस्पक्ष अनुन्धान होस् भन्ने पक्षमा रहेको बताए । बस्नेतले भने- हामी अरगरियाजीको आग्रहमा गएका हौं, होटलमा बसेको सीसी टीभी फुटेजहरु छन् । दिनभर यादवजी प्रदेश सांसद कौशल यादवसहित आफन्तहरुसँग भेटघाट गर्दा हामी होटलमै छौं । आउँदा पीएसओ, प्रहरीका हाकिम सबैलाई जानकारी छ । म्यारियट होटलमा उहाँ आफैंले चेक इन, चेकआउट गर्नुभएको छ । कुनै प्रमाणले पनि अपहरण पुष्टि हुँदैन ।