पूर्वप्रधानमन्त्री ‘किसुनजी’को ९ औं स्मृति दिवस मनाइँदै

काठमाडौँ, २० फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को आज ९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९८१ मा जन्मिएका भट्टराईले राणाशाही र पञ्चायतविरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन विताउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईले करिव २० वर्ष कांग्रेसको सभापति बनेर नेतृत्व दिनुभएको…