काठमाडौँ, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ । बुधबार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको छ भने पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने…