विराटनगर, २ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहेका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस प्रदेशमा आदिकालदेखि बस्दै आएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व भएको बताए । …