सुर्खेत, ३० चैत । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दसौं राष्ट्रिय खेलकुद फेरि अन्योलमा परेको छ । यसअघि जेठ ३ देखि १० गतेसम्म तय गरिएको राष्ट्रिय खेलकुद तयारी नपुगेको भन्दै सार्न राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सिफारिस गरेका छन् । प्रतियोगिता अनुगमन समितिका संयोजकसमेत रहेका उनी नेतृत्वको समितिले दसौं राष्ट्रिय खेलकुद…