दोलखा, ६ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको चेतावनी दिनुभएको छ । रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भुन्नुभयो, ‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ ।’ व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम ‘हेडलाइनकारिता’तिर लागेको उल्लेख गर्दै उहाँले भ्रमको खेती…