भक्तपुर, १३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई विकासको बाधक नबन्ने आग्रह गर्दै कुनै पनि राजनीति आग्रह र पूर्वाग्रह बोकेर कुण्ठाग्रस्त वर्गले धुप बालेर भक्तपुरको विकास नरोकिने बताउनुभएको छ । आइतवार इम्पेरियल वेन्क्यवेटमा योयो युनिटीको पदभार ग्रहण तथा विजया दशमिको शुभकामना…