मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको छ : सभापति देउवा

काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको बताएका छन । सोमबार काठमाडौँमा नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को विमोचन गर्दै विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम…