रुपन्देही, १० असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा भूउपयोग नीति बनाउन सुझाव दिएका छन । आज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गर्दै नीजि क्षेत्रसँग सहकार्य गर्न स्थानीय तहलाई सुझाव दिए…